काठमाडौं । नेपालको पहिलो मोबाइल एप्लिकेशन ‘नेपाली पात्र’को प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् ।
वि.स.२०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।
रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रूपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्यूनिटि प्लाटफर्म विज्ञको रूपमा सक्रिय रहँदै आएका छन् ।
देवकोटा सिईओमा नियुक्त भएसँगै ‘नेपाली पात्रो’ थप उचाइमा पुग्ने पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले विश्वस व्यक्त गरे । उनले भने, ‘अनुभवी व्यक्तित्व सन्तोष देवकोटालाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा पूर्ण विश्वस्त छु ।’
०६३ सालमा फेसबुमार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ ०६६ मा एन्ड्रएड र एपल प्रयोगकर्ताह?का लागि गुगलको प्ले स्टोर मार्फत सार्वजनिक गरिएको थियो ।
यसले नेपालको मैलिक धर्म, संस्कृतिलाई जोगाइ राखेको कम्पनीको दावी छ । रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने, विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलन हुनेहरूकहाँ यसले नेपालको मैलिक धर्म, संस्कृतिलाई पुर्याएको कम्पनीले जनाएको छ ।
‘हाम्रो समय, हाम्रो गौरव’ मुलनारा बोकेको नेपाली पात्रोको प्रयोगकर्ता ९० लाख रहेको छ । ‘समाचार स्रोत आवद्ध यस एप्लिकेशन नेपाली सञ्चार सामाग्रीहरूलाई प्रभावकारी ढंगले धेरैको पहूँचमा जोडिरहने ‘पावर टुल्स’को रूपमा परिचित नेपालमै उत्पादित पहिलो कम्यूनिटि एप हो,’ जिनियस सिस्टम्स सह(संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले भने, ‘यो देश तथा विदेशमा बस्ने हरेक नेपालीहरूलाई जोडिरहने एउटा पुल बनेको छ ।’
यसमा क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रूपान्तरण (धुर–आना र बिघा–रोपनी), शुभ साइत तथा मुहूर्तहरू, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरू रहेका छन् ।