Logo
Logo

रुसले रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव


1.6k
Shares

काठमाडौं ।(एजेन्सी) संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ ।

परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर, रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन ।

संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भारतका प्रतिनिधि टीएस तिरुमुर्तिले युक्रेनको पछिल्लो घटनाक्रमबाट भारत चिन्तित रहेको बताउँदै हिंसा चाँडै नै अन्त्य गर्न आग्रह गरे ।

सुरक्षा परिषद्मा युक्रेनमाथि रुसको हमला रोक्न र सेना फिर्ता बोलाउनका लागि भोटिङ गरिएको थियो । रुस सुरक्षा परिषद्का पाँच स्थायी सदस्य मध्ये एक हो । उसँग भिटो प्रयोगको शक्ति रहेको छ । रुसका साथै अमेरिका, चीन, फ्रान्स र बेलायतसँग पनि यो शक्ति रहेको छ ।

संयुक्त राष्ट्रमा अमेरिकी राजदूत लिंडा थोमस ग्रीनफिल्डले रुसको कदमलाई प्राथमिक सिद्धान्तमाथिको हमला भएको बताएकी छन् । उनले रुसले भिटोको शक्तिको गलत प्रयोग गरेको बताइन् ।

उता, युक्रेनका राष्ट्रपछि वोलोदिमिर जेलेन्स्कीले परिषद्मा युक्रेनमाथिको हमलाको मुद्दा उठाएकोमा सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्