Logo
Logo

रुसी सेना युक्रेनको राजधानीमा पुगे, भिडन्त सुरु


5.9k
Shares

काठमाडौं । युक्रेनको राजधानी रुसी सेना पुगेका छन् । किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।

‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ’, समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ ।

समाचार अनुसार रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । रुसी सेना युक्रेनको राजधानी भेगमा पुगेपछि ठूलो सङ्घर्ष भइरहेको जनाइएको छ ।

बीबीसीका अनुसार युक्रेनमाथि आक्रमण गरेपछि रुसी सेना विभिन्न मोर्चाबाट अगाडि बढिरहेको छ । तर युक्रेनले रुसी सैनिकहरूको प्रतिकार गरिरहेको जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्सकीले रुसी सैनिकहरूले राजधानीमा आक्रमण गर्ने बताएको केही घण्टामै उक्त खबर आएको हो ।

अमेरिका, इयू, यूके र क्यानडाले पुटिनमाथि प्रतिबन्धहरू लगाएका छन् । नेटोले आफ्ना साझेदारलाई बल प्रदान गर्न पूर्वी युरोपमा थप सैनिक खटाएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसी सेनालाई ब्यारेकमा फर्किन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्