Logo
Logo

एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता


126
Shares

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्दै आएको छ । यसै क्रममा ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा यस बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौतामार्पmत बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसिजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, युएसजी, इइजी,सीटी स्क्यान, पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुनेछ ।

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी बीच द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्र्दा अप्टिकल्स सामागी्रमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्