Logo
Logo

रुसलाई सघाउन बेलारुसले आफ्नो सेना पठाउने


3.1k
Shares

काठमाडौं । रुसी सेनालाई आधारक्षेत्र प्रदान गरेको बेलारुसले युक्रेनमा गरिएको आक्रमणमा सघाउन अब आफ्नो सेना नै पठाउने तयारी गरिरहेको रिपोर्टहरूमा जनाइएको बीबीसीले उल्लेख गरेको छ ।

द किभ इन्डिपेन्डन्टले स्रोतलाई उद्धृत गर्दै बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जनाएको उल्लेख गरिएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ ।

यसअघि आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना बेलारुसी समकक्षी एलेक्सेन्डर लुकाशेन्कोले आफ्नो फौज नपठाउने प्रतिबद्धता टेलिफोनमार्फत् जनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्