Logo
Logo

उद्यमशीलता विकासका लागि पाल्पाका तीन पालिकासँग नबिल बैंकको सहकार्य


252
Shares

काठमाडौं । उद्यमशीलता विकास, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र पाल्पाका तीन पालिकाबीच सहकार्य भएको छ । तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकासँग नबिलको सम्झौता भएको हो ।

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाका तर्फबाट नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोटका अध्यक्ष नारायण बहादुर जिसी र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले हस्ताक्षर गरे ।

कार्यक्रमका बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ सम्झौता गरिएको बताए । सम्झौताले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास जनाए ।

तानसेन नगरपालिकाका प्रमुख शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुऱ्याउन सम्झौता महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्