Logo
Logo

रुस-युक्रेन वार्ताः पहिलोमा सहमति भएन, दोस्रो चरणको सुरु हुँदै


1.4k
Shares

एजेन्सी । रुस र युक्रेनले दोस्रो चरणको वार्ता अघि बढाउने भएका छन् । बेलारुसको बेलोभेज्स्काया पुस्चामा वार्ता सुरु हुने भएको हो । रोयटर्सका अनुसार युक्रेनको प्रतिनिधिमण्डल रुससँग दोस्रो चरणको वार्ता गर्न प्रस्थान गरेको छ ।

तर, आ–आफ्नै अडानका कारण दोस्रो चरणको वार्ता सकारात्मक हुने सम्भावना कम छ । रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण सुरु गरेको हो । आक्रमण अझै रोकिएको छैन । युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन् ।

आक्रमण सुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेन । युक्रेनले रुसले युद्ध रोक्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ । रुस र युक्रेनबीच युद्ध र वार्ता भइरहेका बेला रुसमा रहेको युक्रेनको दूतावासमा राखिएको झण्डा हटाइएको छ ।

झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरेका छन् । विश्वका धेरै देशले रुसले युक्रेन माथि गरेको आक्रमणको विरोध गरेका छन् । युक्रेनले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगका लागि अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्