काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका–४ स्थित पदमपुरमा १३१औँ र भरतपुर महानगरपालिका–२५ स्थित अमृतचोकमा १३२औँ शाखा कार्यालय स्थापना गरी फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम उत्पादनहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
सोसिएल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यो सँगै १३२ शाखा, एक विस्तारित काउन्टर, चारवटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फतसेवा प्रदान गर्दै आएको छ ।