Logo
Logo

प्रभु बैंकले सञ्चालनमा ल्यायो फोन लोन सुविधा


252
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकका लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका ग्राहकले आफ्नो मोबाइलमा रहेको प्रभु मोबाइल बैंकिङ सफ्टवेयरको माध्यमबाट आफूलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु २ लाखसम्मको फोन लोन सुविधा लिन सक्ने भएका छन् ।

बैंकले यो सुविधा हालका लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाइएको छ । यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ सफ्टवेयरबाट फोनलोनका लागि अनुरोध गर्न सक्नेछन् । फोनलोनका लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोनलोन सुविधाअन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुने बैंकले जनाएको छ ।

यो कर्जाको भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुने भने यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनुपर्ने अवस्थाको अन्त्य हुनेछ । साथै सानोतिनो कर्जा कारोबारका लागि बैंकमा उपस्थित हुनुपर्ने झन्झटको अन्त्यसमेत हुने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको फोनलोन सुविधा उपभोग गरी अधिकतम लाभ लिन बैंकले अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्