Logo
Logo

एआइजीको दरबन्दी थपिएको पत्र प्रहरी मुख्यालयमा, १८ डिआइजी शक्तिकेन्द्रमा


149.7k
Shares


काठमाडौं । लामो प्रयासपछि अन्ततः नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप भएको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ । तीन साताअघिको मन्त्रिपरिषद्को निर्णय बुधबार प्रहरी मुख्यालय पुगेको हो ।


नयाँ दरबन्दी प्रहरी किताबखानामा दर्ता भएसँगै आगामी साता एआइजीको बढुवा सिफारिस हुने सम्भावना छ । थपिएका तीन दरबन्दीमा १८ डिआइजीबीच प्रतिस्पर्धा छ ।


प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचबाट ज्येष्ठताका आारमा घनश्याम अर्याल बढुवाको प्रमुख दाबेदार हुन् । तर, बढुवामा चलखेल भइरहेकाले उनी पर्ने सम्भावना कम छ । त्यस्तै, सिनियरमध्येका प्रकाशजंग कार्कीले पनि नेताको घर धाएका छैनन् । सोही ब्याचका बसन्त कुमार पन्त र ईश्वरबाबु कार्की भने अवकाशअघि एआइजी हुने प्रयालमा लागेका छन् ।
तर, दरबन्दी भने नयाँ ब्याचका डिआइजीका लागि थपिएको चर्चा छ । जसमा धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी, अरुण कुमार बिसीमध्ये तीन जना बढुवा हुने सम्भावना छ । अहिलेको सत्तारुढ गठबन्धनसँग उनीहरुको निकटताका आधारमा यस्तो विश्लेषण गरिएको छ।


त्यस्तै, गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य पनि बढुवाका दाबेदार हुन् । बढुवा कार्यक्षमता भन्दा पनि चलखेलका आधारमा हुने भएकाले इमान्दार डिआइजीहरुमाथि अन्याय हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्