Logo
Logo

केन्टका इलेकट्रिक सामग्रीको रिटेलर सम्मेलन सम्पन्न


126
Shares

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नं १ इलेक्ट्रिक ब्राण्ड बन्न सफल केन्ट इलेक्ट्रिकले आफ्ना रिटेलर महानुभावलाई मध्यनजर गरी हालै जनकपुरस्थित सीताशरण होटलमा फागुन २० गते एक ठूलो कार्यक्रम गरी रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

१०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामग्री (फ्यान, मोडुलर स्वीच, गिजर, हिटर आदि)को प्रदर्शन गरी उक्त सामग्रीका बारेमा विस्तृत जानकारी पनि दिएको थियो । कार्यक्रममा उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरी सम्मानसमेत गरिएको थियो ।

सो कार्यक्रममा केन्ट भारतका एमडी चिराग गुप्ता र एक्पोर्ट हेड दीपक अग्रवाललगायत सिजी इओएलका पदाधिकारीको उपस्थिति थियो । आफ्ना रिटेलर महानुभावलाई प्रोत्सान गर्नका निम्ति केन्टले विभिन्न किसिमका आकर्षक योजना पनि सोही कार्यक्रममार्फत घोषणा गरेको थियो ।

केन्ट भारतको सर्वाधिक रुचाइएको तथा लोकप्रिय कम्पनी हो । जसका विभिन्न इलेक्ट्रिक उत्पादन चौधरी ग्रुपको साझेदारीका रुपमा नेपालमा बिक्री तथा वितरण भई आइरहेको छ । आगामी दिनहरुमा पनि चौधरी ग्रुपको सहकार्यमा अझै आक्रामकरुपमा बजार विस्तार गर्दै जाने केन्ट इलेक्ट्रिक र चौधरी ग्रुपका पदाधिकारीले जनाउनुभएको छ ।

साथसाथै चौधरी ग्रुपले आफ्नै ब्राण्ड सिजीका पनि विभिन्न इलेक्ट्रिक सामानका बारेमा जानकारी गराएको छ । बजारमा केन्ट र सिजी इलेक्ट्रिकका विभिन्न सामानजस्तै पंखा, मोडुलर स्वीच, गिजर, हिटर, वल्भ, सेमिमोडुलर स्वीच, आरजिबी प्यान लाइट, सर्फेस प्यानल लाइट, एमसिबी, सबमिटर साथै अरु थुप्रै सामान नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको छ । आगामी दिनमा पनि ग्राहक, डिलर, रिटेलरमाझ यस्तै विभिन्न कार्यक्रम गर्ने पनि केन्टले प्रतिबद्धता जाहेर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्