Logo
Logo

वीरगन्जमा नयाँ शाखा खुलेसँगै माछापुच्छ्रेको शाखा संख्या १६४ पुग्यो


315
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक सुरु गरेको छ । कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एवं माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्तरुपमा उद्घाटन गरेका थिए । सा कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथमा २४सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

बैकले पुर्वमा झापाबाट पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखा, १५७ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा ३२१ स्थानबाट ग्राहक माहानुभावमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बंैकको देशभर २०० वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्