Logo
Logo

‘ग्लोबल स्मार्ट प्लस’ मार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने


252
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट गर्र्न सक्ने भएका छन् ।

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता किसिमका योजना ल्याउने गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्