भनिन्छ, गैंडा खागको कारण र कस्तुरी नाभीको कारण मारिन्छ । त्यस्तै, उक्रेन रुसको लागि गैंडाको खाग र कस्तुरीको नाभी जस्तै हो । किनकि, ब्ल्याक सी (कालो सागर) र युक्रेन हुँदै रुस प्रवेश गर्ने सामुन्द्रिक ढोका नै क्रिमिया सँगै छ ।
विशाल रुसको उत्तरी साइबेरिया भाग समुद्रसँग जोडिएको भए पनि बाह्रै महिना समुद्र हिउँको रुपमा जमिरहन्छ । त्यसकारण त्यो समुन्द्रको कुनै अर्थ छैन । रुसको सामुन्द्रिक व्यापार हुने भनेकै त्यही ब्ल्याक सी मार्फत हो । त्यसैले पनि क्रिमिया रुसको लागि महत्वपूर्ण छ ।
अब आफै बिचार गरौँ त्यस ब्ल्याक सीमा अवस्थित युक्रेनसँगै जोडिएको रुसको सामुन्द्रिक टट् कति महत्वपूर्ण होला ? यसको सुरक्षाको लागि रुस जुनसुकै कदम उठाउन सधैं तयार थियो । यसैलाई बुझेर रुसले इतिहासदेखि युक्रेन र क्रिमियामाथि नजर लगाइराखेको छ भने रुस विरोधीहरू युक्रेन र क्रिमियामा रुसको प्रभाब हटाउन चाहन्छन ।
युक्रेन र क्रिमियाको लागि रुसले धेरै ठूल्ठूला युद्द लडिसकेको छ । सन १८५३ मा युक्रेनकै लागि भयंकर ठूलो ‘क्रिमिया युद्द’ भएको थियो । जुन युद्दमा एकातिर टर्की, फ्रान्स, जर्मन र बेलायत थिए भने अर्कोतिर रुस मात्रै थियो । एक्लो रुसको त्यतिबेला ठूलो क्षतिसहित हार भएको थियो ।
प्रथम विश्वयुद्धको समाप्तीसँगै सन् १९१७ मा अक्टुबर क्रान्ति भयो । त्यसपछि लेनीनको उदयसँगै रुससँग जोडिएका युरोपेली राष्ट्रहरू र दक्षिण एसियाली राष्ट्रहरू एउटै संघ अर्थात सोभियत संघमा परिणत भए । त्यसमा युक्रेन पनि पर्नु रुसको ठूलो सफलता थियो ।
लेनीनको मृत्युपछि सन् १९२८ मा तानाशाही प्रवृत्तिका जोसेफ स्टालिन सत्तामा आए । स्टालिनको ध्यान पनि युक्रेन र क्रिमियामा थियो । उनले क्रिमियामा बसोबास गर्ने युक्रेनी भाषा बोल्नेहरूलाई दमन गरे र तुर्किमिनिस्तान सर्न बाध्य गराए । क्रिमियामा रुसी भाषा बोल्नेहरूलाई अन्य भू–भागबाट सेवा सुविधा दिइ बसोबास गराए । अहिले पनि क्रिमियामा रुसी भाषा बोल्नेहरूको बाहुल्यता छ । क्रिमियामा केही समयअघि जनमत संग्रह हुँदा रुसको पक्षमा अत्याधिक मत खसेको थियो ।
रुसमा बोरिस यल्तसिन राष्ट्रपति भएको समय (१९९१–१९९९) सम्म हालको राष्ट्रपति पुटिन विदेशमन्त्री थिए । सन १९९९ डिसेम्बरको अन्तिम दिन राष्ट्रपति बोरिसले स्वइच्छामा पद त्याग गरी पुटिनलाई पदभार सुम्पिदिए । अहिलेसम्म पनि रुसी जनताको रोजाइमा पुटिन नै छन् । पुटिनले पनि युक्रेनको आवश्यकता बुझेका छन् ।
दोस्रो विश्वयुद्धसम्म मिलेका अमेरिका र रुस युद्द सकिएलगत्तै विस्तारै दुस्मनीमा परिणत हुँदै आए । विश्वका दुई शक्तिको संगठनमा अमेरिका र रुस बाँडिए । नाटो (उत्तर एट्लान्टिक सन्धी संगठन, अमेरिकी र पश्चिमी युरोपेलीको समूह) र पोल्यान्डको राजधानी वार्सामा गरिएको वार्सा सन्धी संगठन (जसमा पूर्वी युरोपका साम्यवादी राष्ट्रहरू संगठित थिए) । यिनले एकअर्कोबाट असुरक्षित महसुस गर्न थाले ।
रुसले आफ्नो प्रमुख दुस्मन अमेरिकालाई मान्न थाल्यो । रुसले आफ्नो सुरक्षाको लागि युक्रेनमै सबैभन्दा ठूलो शक्ति संचय गर्यो । युक्रेनमा ठूल्ठूला आणविक भट्टीहरू स्थापना गर्यो । रुसले युक्रेनसँगै जोडिएको ब्ल्याक सीमा अमेरिकासम्म मार हान्न सक्ने ठूल्ठूला क्षेप्यास्त्रहरू तयार गर्यो ।
त्यतिमात्रै होइन, एक स्वीच दवाएकै भरमा अमेरिकालाई ध्वस्त गरिदिन सक्ने मिसाइल पनि युक्रेनकै भू–भागमा जमिनमुनी ४०–५० फिटमा सुरक्षित तैनाथ थियो, भनिन्छ । त्यो स्वीच दबाउन एक सैनिक अधिकृत मस्कोको आदेश कुरेर बसिरहेका थिए । जुन स्विच अहिले युटुवमा हेर्न सकिन्छ । तर, अहिले त्यसको उपयोगिता छैन । यसबाट रुसका लागि युक्रेन कति महत्वपूर्ण रहेछ भन्ने बुझ्न सकिन्छ ।
गोर्बाचोभ सत्तामा हुँदा नै साम्यवादी कम्युनिष्ट मुलुक रुसको स्थिति आर्थिक रुपले जरजर भइसकेको थियो । वार्सा गुटका राष्ट्र जो सोभियत संघसँग रुसबाट आर्थिक सहयोग पाउथे । पोल्यान्ड, रोमानिया, चेकोस्लाभिया, क्युवा आदि देशलाई आर्थिक सहयोग गर्दागर्दै र अति खर्चिलो अफगानस्थान युद्दको कारण रुस आर्थिक रुपले भित्रभित्रै कमजोर भइसकेको थियो ।
अर्कोतर्फ, सियोदेखि जहाजसम्म बन्ने पूर्वसोभियत संघका औद्योगिक उत्पादनहरूले विश्व बजार ओगट्न नसक्नु पनि विघटनको कारण थियो । विश्व मै प्रजातन्त्रको लहर चल्न थालेपछि सोभियत संघका गणराज्यहरूले छुट्टिने आवाज उठाउन थाले । त्यसपछि सन् १९९१ मा गोर्बाचोभलाई अपदस्त गरी बोरिस यल्तसिन रुसको सत्तामा आए ।
लगत्तै पुराना गणराज्यहरू धमाधम छुट्टिए, सोभियत संघ विघटन भयो । सँगसँगै वार्सा सन्धी संगठन पनि विघटन भयो । त्यसपछि नाटोको पनि औचित्य समाप्त हुने आकलन गरिएको थियो । तर, नाटो अहिले पनि क्रियाशील छ ।
रुसमा बोरिस यल्तसिन राष्ट्रपति भएको समय (१९९१–१९९९) सम्म हालको राष्ट्रपति पुटिन विदेशमन्त्री थिए । सन १९९९ डिसेम्बरको अन्तिम दिन राष्ट्रपति बोरिसले स्वइच्छामा पद त्याग गरी पुटिनलाई पदभार सुम्पिदिए । अहिलेसम्म पनि रुसी जनताको रोजाइमा पुटिन नै छन् । पुटिनले पनि युक्रेनको आवश्यकता बुझेका छन् ।
रुसले युक्रेनमा यति धेरै हतियार थुपारेर राखेको थियो कि युक्रेनलाई विश्वमा चीनपछिको चौथो ठूलो आणविक शक्ति सम्पन्न राष्ट्र भनि संबोधन गरिन्थ्यो । ती हतियार युक्रेनले सम्हाल्न सक्ने क्षमता थिएन । यतिसम्मकी, पूर्व सोभियत संघका हतियार नष्ट गर्न अमेरिकाकै सहयोग लिनुपरेको थियो ।
आजको विश्वमा पेट्रोल र ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ता राष्ट्र रुस नै हो । पेट्रोल र ग्यासको युरोप निर्यात गर्ने मुख्य पाइप लाइन पनि युक्रेन हुँदै बिच्छ्याइएको छ ।
हालको विवाद युक्रेन नाटोमा संलग्न हुने विषयबाट सुरु भएको हो । नाटोको सदस्य लिएपछि नाटो र अमेरिकाको सेनाले युक्रेनमा डोरा जमाउँछ भन्ने रुसको चिन्ता हो । दुस्मन आएर ढोकामै बस्दा रुसलाई मान्य हुने कुरै भएन । जसरी हुन्छ युक्रेनलाई नाटोमा संलग्न हुन नदिने, यदि आवश्यक परे आफ्नै कब्जामा लिने रणनीतिमा रुस लागेको बुझिन्छ ।
युक्रेन पनि आफ्नो सुरक्षा हुन्छ कि भनेर नाटोमा आवद्ध हुन खोजेको देखिन्छ । छिमेकी देश रुससँग मित्रताको हात अघि बढाएर युक्रेनले हामीबाट खतरा छैन भन्ने महसुस रुसलाई गराउन सक्नुपर्छ । त्यसका लागि युक्रेनले अब नाटोको सदस्यता लिने मुर्खता त्याग्नुपर्छ ।
रुस र राष्ट्रपति पुटिनले पनि त्यही पुरानो सोभियत संघको जगबाट अमेरिका र नाटोलाई हेर्नुको साटो मित्रताको हात अगाडि बढाउनु नै राम्रो हुने छ । नत्र अनन्तकालसम्म तनाब बढिरहने देखिन्छ ।