काठमाडौं । भारतको ओडिसामा बिजु जनता दलका विधायक प्रशान्त जगदेवले बनपुरमा आफ्नो कार मानिसको भीडमा चढाएपछि निर्मम कुटपिट गरिएका छन् । सो दुर्घटनामा प्रहरी र दुई पत्रकारसहित २२ जना घाइते भएका छन् ।
बिबिसीले जनाएअनुसार तीमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ । घटनाको समयमा विधायक आफैंले कार चलाइरहेका थिए ।
दुर्घटनापछि आक्रोशित जनताले उनीमाथि कुटपिट गरिएको छ । जसका कारण विधायक गम्भीर घाइते भएका छन् । केन्द्राञ्चल पुलिस आईजी नरसिंह भोललेका अनुसार उनी हाल प्रहरी हिरासतमा छन् र उननीविरुद्ध हत्या प्रयास सहितका मुद्दा दर्ता गरिएको छ ।