Logo
Logo

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा २०७८ फागुन २८ गते शनिबार त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आयोजित विशेष कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्यचौकीलाई ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।

बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पु¥याउने उद्देश्यले १६४ शाखा, आठ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०१ एटिएममार्फत १० लाखभन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्