Logo
Logo

रुस-युक्रेन युद्धः किभमा हवाई हमला हुँदा दुईको मृत्यु


1.3k
Shares

फाइल फोटो

एजेन्सी । युक्रेनको राजधानी किभस्थित भवनमा हमला हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

देशको आपतकालीन सेवाका अनुसार यहाँस्थित एक आवासीय भवनमा रुसले गरेको हवाई आक्रमणबाट दुईजनाले ज्यान गुमाएका र १२ जना घाइते भएका हुन् । स्थानीय समयअनुसार सोमवार बिहान ७ः३० बजे किभको नौ तले अपार्टमेन्ट भवनबाट दुईजनाको शव फेला निकालिएको र अरु तीनजनालाई अस्पताल पुर्याइएको बताइएको छ ।

आपतकालीन सेवाले फेसबुकमार्फत उक्त भवन किभको ओबोलोनमा रहेको र नौ जनाको घटनास्थलमा उपचार गरिएको जानकारी दिएको छ । गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्मका आक्रमणहरुमा गरी सयौं नागरिकले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका जनाइएको छ ।

युक्रेनमाथिको आक्रमण नरोकिएपछि ज्यान जोगाउन भन्दै २५ लाख बढी सर्वसाधारण शरणार्थीका रुपमा आसपासका छिमेकी देशहरुमा शरण लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्