Logo
Logo

ग्लोबल आइएमई र ग्यास विक्रेता महासंघबीच क्यूआर कोड प्रवद्र्धनका लागि सम्झौता


189
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी साझेदार ‘स्मार्ट च्वाइस टेक्नोलोजिज÷फोनपे’सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघसँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुने बताएका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्