Logo
Logo

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान मोदीको नक्कल : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा बेटी पढाउ, बेटी बचाउ अभियानका क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।

मंगलबार भक्तपुरमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका क्रममा हिसाव मात्र मिलान भएको तर साइकल बितरण हुन नसकेको बताए ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेटी बचाउ अभियानको नक्कल मात्र भएको उनको भनाइ छ ।

त्यस्तै उहाले मधेश प्रदेश कृषि, पर्यटन र व्यवसायीक क्षेत्रमा उत्कृष्ठ रहको बताए । मधेश प्रदेशको विकास निरन्तर भइरहेको भन्दै उलने आगामी दिनमा यसले निरन्तरता पाउने धारणा राखे ।

कार्यक्रममा पर्साका एक वडाध्यक्षसहितको समूहलाई ओलीले एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्