Logo
Logo

के होला एआइजी बढुवा ?


2.8k
Shares

काठमाडौं । नेपाल प्रहरीको एआइजी बढुवामा सात वर्षअघिको काण्ड दोहोरिएको छ । असन्तुष्ट डिआइजीहरूले आफ्नै महानिरीक्षक तथा गृह सचिवविरुद्ध उजुरी गरेका छन् ।

सिनियर डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्कीले उजुरी गरेका हुन् । उजुरी परेपछि बढुवा लम्बिने निश्चित भएको छ । जसले आईजिपीका दाबेदार रहेका एआइजीद्वय विश्व पोखरेल र सहकुल थापालाई फाइदा हुने देखिन्छ ।

उनीहरूलाई चुनौती दिने ठानिएका धीरजप्रताप सिंहलाई रोक्न पनि उजुरी गरिएको चर्चा प्रहरीमा छ । यद्यपि, बढुवा सिफारिस भएका रवीन्द्र धानुक पनि भावी आईजीका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

लोक सेवा आयोगको अध्यक्षतामा हुने उजुरी सुन्ने समितिमा तीन डिआइजीले उजुरी गरेका हुन् । हाल आयोगका अध्यक्ष माधव रेग्मी छन् । जसमा मुख्यसचिव शंकरदास बैरागी तथा कानुनसचिव उदयराज सापकोटा सदस्य छन् ।

यो समितिलाई सिफारिस उल्टाउने अधिकार भने छ । कुनै उम्मेदवारले प्रहरी नियमावली बमोजिम प्राप्त गर्नुपर्ने अंक प्राप्त नगरेको वा प्राप्त नगर्ने अंक प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्र्नुपर्ने देखिएमा बढुवा समितिलाई सिफारिस गर्न सक्ने प्रावधान छ । तर, अध्यादेशमार्फत ओली सरकारले विवादास्पद रुपमा नियुक्त गरेको भएपनि लोक सेवा आयोगका अध्यक्ष रेग्मी कांग्रेसनिकट समेत मानिन्छन् ।

उनी सरकारविरुद्ध जाने सम्भावना कम रहेको स्रोत बताउँछ । जसकारण यो उजुरीले बढुवा दुई साता भने लम्बिने भएको छ । सिफारिस भएकाहरूले चैतको अन्तिममा मात्र फुली लगाउने सम्भावना छ । त्यसको करिब तीन सातापछि नेपाल प्रहरीमा नयाँ आइजिपी नियुक्त गर्नुपर्ने हुन्छ ।

सात वर्षअघि उजुरी सुन्ने समितिले सिफारिस उल्टाइदिएको थियो । पछि अदालतको आदेशमा उनीहरूलाई विशेष दरबन्दी बनाएर बढुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्