Logo
Logo

तराईका गणपतिहरू तस्करीमा, पहाडका गुल्मपतिको ध्यान राशनमा


209.5k
Shares


काठमाडौं । तराईका जिल्लामा तस्करी बढ्दा पहाडका जिल्लामा रहेका गुल्महरुमा भने राशन अनियमितता बढेको छ । सशस्त्र प्रहरी महानिरीक्षक अवकाशको मुखमा रहेको र अन्य निकाय चुनावको तयारीमा लाग्दा सशस्त्र प्रहरीमा यस्तो अनियमितता बढेको हो ।


बारा , पर्सा , सप्तरी , सिरहाका नाकाबाट सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी बढेको स्रोत बताउँछ सप्तरीमा सशस्त्रका एसपी एसपी प्रदिप खड्का , सिराहाका एसपी रमेश थापा , बाराका एसपी राजेन्द्र थापाले लाइन खुलाएको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा परेको छ । सिरहाका एसपी थापाले हवल्दार राम प्रबेश यादबलाई घुमुवाको रुपमा प्रयोग गरेका छन् । तिनै हवल्दारको सेटिङमा तस्करी हुने गरेको छ ।


यता पहाडका गुल्ममा भएको राशन अनियमितता भएको पुष्टि हुँदा पनि कारबाही हुन सकेको छैन । धादिङस्थित गुल्मकी कमान्डर डिएसपी यमुना सिंखडाले एउटै ब्यक्तिलाइ एक बर्षसम्म क्वाटर्मास्टर राखेर राशन अनियमितता गरेको उजुरी परे पनि जोगाइएको स्रोत बताउँछ । पांचथरका डिएसपी किशोर श्रेष्ठ,रामेछापका डिएसपी केशब प्याकुरेल , दोलखाका डिएसपि बुद्दि नारायण महर्जनमाथि पनि कारबाही नभएको स्रोत बताउँछ ।


सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अवकाशको मुखमा रहेकाले उनले उजुरी छानबिनमा चासै दिन छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्