काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । सरुवामा १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवाअनुसार हुम्लामा कृष्णराज ओझा, ताप्लेजुङमा कैलाश राई, म्यादीमा तिलक भारती, पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतिक विष्ट, मनाङमा प्रेम सागर केसी, पश्चिम रुकुममा विष्णु सोतीलाई पठाइएको छ ।
डिएसपी सन्तोष निरौलालाई जाजरकोट, सुकदेव खनाललाई ओखलढुंगा, सुनिलजंग शाहलाई सोलुखुम्बुको जिल्ला इन्चार्जमा पठाइएको छ । पुसमै यी जिल्लाका डिएसपीको सरुवा हुनुपर्नेमा अत्याधिक राजनीतिक दबाबका कारण ढिलो गरी सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा इन्सपेक्टरको पनि सरुवाको तयारी गरेको छ ।