Logo
Logo

दुर्गम सरुवा गरिदिने भन्दै डिआइजीको नाममा पैसा असुली


165.4k
Shares


सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयभित्र केही बदनाम प्रहरीका कारण बेथिती बढेको छ । कार्यालयले केही दिनमा प्रहरी कर्मचारीको आन्तरिक सरुवा गर्दैछ। यस्तो सरुवामा समेत आर्थिक चलखेल भक्ष्रहेको छ । प्रदेश कार्यालय सुर्खेतमै कार्यरत प्रहरी कर्मचारीबाट नै जवानको सरुवा गरिदिए बापत पैसाको माग्न थालिएको गुनासो प्रहरीले गरेका छन् ।


कर्णाली प्रदेश प्रहरी कार्यालय,सुर्खेत कर्मचारी प्रशासन शाखामा कार्यरत सई लोकेन्द्र चन्द र यादव महराको मिलेमतोमा मातहतका प्रहरी युनिटमा कार्यरत प्रहरी जवानहरुको हुम्ला÷डोल्पा सरुवा गरिदिने भन्दै पैसा माग्न थालिएको हो । सो बापत एक लाख रकम दिए सरुवा गरिदिने र नत्र जुम्ला÷कालिकोट÷मुगु सरुवा गरिदिने भन्दै मातहतबाट पैसा माग्न थालिएको हो । डिआइजी गणेश ऐरको समेत नाम बेचेर दुई सइले मातहतका प्रहरीलाई यातना दिन थालेका छन् । तर, यसबारे डिआइजीलाई जानकारी नभएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्