Logo
Logo

पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरे : नेटो प्रमुख


एजेन्सी

693
Shares

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको आरोप लगाएका छन् । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरुद्ध युद्ध शुरु गर्नु हो’ उनले भने ।

‘युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याँकन गरेका छन्’ स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनुअघि भनेका छन् ।

स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनः स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ ।

यसैबीच नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताए ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हसन् । उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो बिचार व्यक्त गरे ।

उनले सो पत्रकार सम्मेलनमा भने, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुने छ ।’

प्रतिक्रिया दिनुहोस्