काठमाडौं । मेगा बैंकले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी छन् । सिंगापुरस्थित वल्र्ड बिजनेश आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको बिभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।
शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । यो छात्रवृत्तिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगाले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको समेत जनाएको छ ।
यसैगरी, नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइआको इतिहास बनाउनुभएकी सिइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वल्र्ड बिजनेश आउटलुकले जनाएको छ ।
नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सिइओ खुञ्जेलीमात्रै हुन् । सिइओ खुञ्जेलीले यसै वर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । सन् १९९१ मा तत्काmलीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सिइओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताइन् । मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालामा यसको श्रेय जाने सिइओ खुञ्जेलीले बताइन् । २०४ वटा शाखा सञ्जाल रहेको मेगा स्थापनाको एक दशकमै नेपालको स्थापित बैंकका रुपमा अग्रपंक्तिमा रहेको छ ।