Logo
Logo

एसपी पाण्डेको निलम्बन फुकुवा, एक वर्ष पदोन्नती रोक्का


7.7k
Shares


काठमाडौं । कांग्रेस सांसद तथा सिडिओलाई धम्क्याएको आरोपमा निलम्बनमा परेका एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले एक वर्षका लागि पदोन्नति रोक्का गरिएको छ । कारबाहीसँगै उनको निलम्बन फुकुवा भएको हो ।


जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा पाण्डेले गत पुसमा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका सांसद रामचन्द्र यादव तथा सिडिओ लालबाबु कवारीलाई फोनमा धम्क्याएका थिए । त्यससम्बन्धि उजुरीका आधारमा गृह मन्त्रालयले तीन महिनाका लागि निलम्बन गरेको थियो ।


आफुविरुद्ध झुटा उजुरी गरेर दबाबको भरमा अवधि नपुगी आफ्नो सरुवा गरेपछि एसपी पाण्डेले एसपी यादव र सिडिओ कवारीलाई फोन गरेर गाली गरेका थिए । सो विषयमा उनीमाथि छानबिन टुंग्याएर प्रहरी प्रधान कार्यालयले यही साता निलम्बन फुकुवा गरेको छ ।

त्यसरी धम्क्याउनु प्रहरी आचरणको गम्भीर उल्लंघन भएको भन्दै गत २० पुसमा उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । कांग्रेस सभापति यादवले सरुवा गरिदिन्छु भनेर धम्क्याउँदै आएको र अवधि नपुगी सरुवा गरे पनि आवेगमा आएर उनले फोनमा धम्क्याएको छानबिनबाट पुष्टि भएको छ । यद्यपि घरमै गएर धम्क्याएको भन्ने यादवको आरोप भने पुष्टि भएको छैन ।
सिडिओ कवारीसँग पनि उनको विवाद भएको थियो । जसकारण उनले पनि गृह मन्त्रालयमा एसपी पाण्डेविरुद्ध प्रतिवेदन नै दिएका थिए । बयानको क्रममा एसपी पाण्डेले कांग्रेस नेता यादव र सिडिओ कवारीले गैरकानुनी कामका लागि दबाब दिएको र नमानेपछि आफूविरुद्ध लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्