Logo
Logo
साहित्य

इतिहासमा पथरी शनिश्चरे : केही समेटिए, केही छुटे


फिपराज बेघा

7.3k
Shares

पथरी शनिश्चरेकै ऐतिहासिक पुस्तक निकाल्दैछु है भन्ने कुराको बोध दीपेन्द्रराज तिम्सिनाले गराएकै थिए । समग्र आकृति कस्तो होला ? भन्ने कौतुहलता छँदै थियो । अस्ति १३ गते समीक्षाको लागि कृति थमाएपछि ती सबै कुरा साम्य भयो । त्यहीँ दिन पुस्तकको अनुहार र नेपथ्यमा रहेको शीर्षक र उपशीर्षकहरुको सिंहालोकन गरे । त्यसपछि समग्र दस्तावेजमा रहेको खोजबिनपछि थाहा पाएर डिपोजिट कुराहरु अध्ययन गरे ।

प्रादेशिक मुकामदेखि ६० किलोमिटर उत्तर–पूर्वमा छ, पथरी शनिश्चरे । गुगलमा हेर्दा यो पालिका जति सानो छ त ? जसको आकार प्रकारसहित ६९ शीर्षकमा पुस्तकलाई खुम्चाइएको छ । ‘इतिहासमा पथरी शनिश्चरे’ पुस्तकको शीर्षक भएपछि पथरीको इतिहासबारे नसमेटिने कुरै हुँदैन ।

किताबको प्रारम्भमा नै ‘पथरीको इतिहास’ नाम कसरी रह्यो ? शीर्षकमा इतिहास खोज्ने प्रयत्न गरेका छन्, दीपेन्द्रले । साविक पथरी, हसन्दह र शनिश्चरे गाविस केन्द्रित छ । यहाँबाट पञ्चायतकालदखि संघात्मक कालखण्डबीचको जनप्रतिनिधिहरुबारेमा लेखिएको छ । जनयुद्धका सहिद, नगरमा रहेका विभिन्न आन्दोलन, राजनीतिक दलको इतिहासलाई समेट्ने प्रयत्न गरेका छन् । शिक्षालय, पत्रकारिता, खेलकुद, सामुदायिक वन, कलाकारिता, सहकारी क्षेत्रबारेमा उजागर गरिएको छ ।

विकासको पूर्वाधार मानिने स्वास्थ्य, विद्युत्, खानेपानी, यातायातलाई आधार मानेर अक्षर घुमाएका छन् । ‘मान्छे देख्दा कुदेर खुसी हुँदै गफ गर्न जान्थ्यौँ’, ‘पथरीको सुरक्षा तुरुङदेखि इलाका प्रहरी कार्यालयसम्म’ र ‘साठी वर्ष पुरानो ऐतिहासिक काठको घर’ शीर्षकको म्याटर रोचक छ । पुस्तकमा व्यक्तिलाई फोकस गरेको छ ।

नगरमा रहेका चर्चित व्यक्ति, विधावारिधि गर्नेहरु, एमडी हुनेहरु, सुरक्षा तथा विविध क्षेत्रमा पुगेका नगरका व्यक्तिहरुको विवरण पढ्न पाइन्छ । नगरमा रहेका दुई खोला र १६ मुख्य स्थानको नाम कसरी रहन गयो ? सोधसाध गरेर पुस्तकमार्फत प्रकाश पार्न खोजेका छन् । पुस्तकलाई सार्थकता प्रदान गर्न फोटो र तिनको क्याप्सन पनि पुस्तकमा राखेका छन् ।

पुस्तकका संकलक÷प्रकाशक दीपेन्द्रजीले आफ्नो खोज मात्र समेटेका छैनन् । अन्य व्यक्ति, सञ्चारमाध्यमको साभारलाई पनि स्थान दिएका छन् । पथरी गोल्डकपलाई नगरअन्दाज गरिएको छैन । उत्पीडित समुदायले गर्दै आएको समानताको आन्दोलनबारेमा पुस्तक बेखबर छ । जस्तो कि आदिवासी जनजाति समुदायले गरेको आन्दोलन, दलित सिल्पी समुदायले गरेको आन्दोलन, युथफोर्स र माओवादीबीच भएको आन्दोलन । नगरको इतिहासमा साहित्य क्षेत्र नछुट्नुपर्ने थियो । पर्याप्त समेटिएको छैन । थोरै अशुद्धपन भेटिन्छ । केही शीर्षक र उपशीर्षक छुट्याउन सकिँदैन । ठेगाना एकाध उल्टापुल्टा देखिन्छ ।

२९७ पृष्ठभन्दा बढीमा अनुच्छेदहरु सरल भाषामा पठनीय कृति बनेको छ । पथरी शनिश्चरे नगरको पहिचान बुझ्न खोज्ने जो कोहीलाई पुस्तक एउटा राम्रो सूचनाको स्रोत बन्नेमा दुईमत छैन । व्यक्तिगत ५०० संस्थागत १००० मूल्य रहेको पुस्तकको कभर डिजाइन आकर्षक छ । इतिहास आफँैमा विवादास्पद हुन्छ । त्यो विवाद निदान गर्न तर्कबितर्क हुन आवश्यक छ ।

यो पुस्तकले पथरी शनिश्चरेको इतिहास लेखनमा प्रारम्भको काम गरेकै छ । पाठकवृन्दले इतिहास लेखनलाई पूर्णता दिन राय पस्किन आवश्यक छ । जसोतसो एकल प्रयत्नले पुस्तक प्रकाशित भएको हो । प्रकाशकीयमा भनिएको छ, ‘एउटा पुस्तक पूरा हुन २/३ संस्करण निस्कँदा मात्र पूरा हुन्छ ।’
[email protected]बष्।िअयm

प्रतिक्रिया दिनुहोस्