Logo
Logo

रुसी राष्ट्रपति पुटिनलाई सत्ताच्युत गर्ने बाइडेनको भनाइ


945
Shares

एजेन्सी । अमेरिक राष्ट्रपनि जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटनलाई सत्ताच्युत गर्ने बताएका छन् । युरोप भ्रमणमा रहेको बाइडेनले पोल्याण्डको राजधानी वार्सामा सम्बोधन गर्दै पुटिन सत्तामा रहन नसक्ने बताएका हुन् ।

बाइडेको उक्त अभिव्यक्तिप्रति क्रेमलिनले आलोचनात्मक प्रतिक्रिया जनाएको छ । क्रेमलिनले भनेको छ, ‘रुसको राष्ट्रपति रुसीहरूले छनौट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडनले गर्ने होइन ।’

लगत्तै ह्वाइट हाउसले बाइडनको भनाइले शासन परिवर्तनको लागि आह्वान नगरेको बताउँदै स्पष्टीकरण दिएको छ । ‘राष्ट्रपतिले पुटिनलाई छिमेकी मुलुक वा कुनै पनि क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने बताएका हुन्’, अधिकारीले भने ।

एक महिनाअघि सुरु भएको आक्रमण अझै जारी छ । अघिल्लो साताको अन्त्यमा रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै युक्रेनको पूर्वी क्षेत्रलाई ‘मुक्त’ बनाउन केन्द्रित हुने घोषणा गरेको थियो । तर निरन्तर प्रहार भइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्