एजेन्सी । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन् ।
‘यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ’, राष्ट्रिय जनपद प्रहरीले ट्विटरमा पोस्ट गरेको छ ।
‘हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं’, प्रहरीले बताएको छ ।