पोखरा । जगदम्बा मोटर्सले पोखरामा ‘टिभिएस सर्भिस सेन्टर’ खोलेको छ । जगदम्बाका आधिकारिक विक्रेता वतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्सले पोखराको पर्स्यंगस्थित अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर आजबाट सञ्चालनमा ल्याएको हो ।
यो सर्भिस सेन्टर गण्डकीको नै सबै भन्दा ठूलो र सुविधा सम्पन्न सर्भिस सेन्टर भएको कम्पनीको दावी छ। दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्तुमर लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, अलग दुर्घटना ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित यो सर्विस सेन्टरमा २८ ओटासम्म बाइ क्षमता रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा डब्लुएडएका प्रमुख मोहन बहादुर खड्का ज्युको उपस्थिति थियो । यसका साथै विशेष अतिथिका रुपमा जगदम्बा मोटर्सबाट सीइओ दीपक अग्रवाल, भीपी दीपक रौनियार, सर्भिस जनरल मनेजर
अमरदीप मजुन्दर, स्पेयर र पार्ट्स जनरल मानेजर ड्रोना संग्रौलाका साथै मार्केटिङ डीजीएम विक्रम शर्मा पौडेलको पनि उपस्थिति रहेको थियो ।
जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।