Logo
Logo

रुस–युक्रेन शान्ति वार्ता प्रगतितर्फ उन्मुख


1.2k
Shares

एजेन्सी । युक्रेनको राजधानी किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि निकै कम हुने भएको छ । रुसी रक्षा मन्त्रालयले राजधानीसहित उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय गरेको हो ।

रुस र युक्रेनबीच भएको शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले ती क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरिएको बताए । फोमिनका अनुसार रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताको वातावरण बन्ने स्थिति पैदा गर्न सैन्य क्रियाकलापमा कम गर्ने निर्णय भएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार टर्कीको इस्तानबुलमा हिजो सम्पन्न वार्ताका क्रममा युक्रेनको तटस्थता र गैरआणविक अवस्थासँगै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिलाउनेबारे सम्झौताको तयारीमा प्रगति भएको उनले बताएका हुन् ।

रुस र युक्रेनबीच भएको वार्ता प्रगतितर्फ उन्मुख भएसँगै विश्व बजारमा कच्चा तेलको भाउमा पाँच प्रतिशतले कमी आएको छ । त्यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था पनि १० प्रतिशतले सुध्रिएको सिन्ह्वाले उल्लेख गरेको छ । यसैगरी वार्ता फलदायी भएको खबरसँगै युरोपको शेयर बजार पनि उकालो लागेको छ भने फ्रान्सको शेयर बजार तीन प्रतिशत र बेलायतको शेयर बजार करिब डेढ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्