Logo
Logo

श्रीलंकाको राष्ट्रपति भवनमा आक्रमण प्रयासपछि कोलम्बोमा कर्फ्यु


2k
Shares

एजेन्सी । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएपछि राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको छ ।

राष्ट्रपतिको नीति गलत भएकाले देश चरम आर्थिक संकटबाट गुज्रिरहेको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमणको प्रयास गरेका थिए । समाचार संस्था रोयटर्सका अनुसार गएराति गरिएको प्रदर्शनले उग्ररुप लिएपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा एकजना गम्भीर घाइते भएका र कयौँ मानिस पक्राउ परेका एजेन्सीले जनाएको छ । राष्ट्रपति निवासमा आक्रमणको प्रयास भइरहँदा राष्ट्रपति राजापाक्षे सोही निवासमा रहेका थिए । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगजनी गरेका र वरपरका घरका पर्खालसमेत ढालिदिएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्