Logo
Logo

सफा हिमाल अभियानमा नेपाल लाइफको सहयोग


693
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सफा हिमाल अभियानमा साथ दिने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार नेपाली सेनासँग आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।

नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरू (खासगरी सगरमाथा क्षेत्र)मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान सञ्चालन गरिएको हो । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैरसरकारी संघ–संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरूको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनोट गरी यसको स्टेक होल्डर बन्नु सराहनीय भएको बताएका थिए ।

नेपाल लाइफका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्व मानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रूपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’मा हातेमालो गरेको बताए । सम्झौतामा नेपाल लाइफका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र नेपाली सेनाका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय जंगीअड्डाका सहायक रथी हिमांशु खड्काले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्