Logo
Logo

काठमाडौंमा कांग्रेसबाट कसले पाउँला टिकट ?


4.9k
Shares


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु उम्मेदवार चयनको तयारीमा लागेका छन् । ठूला सहरहरुमा उम्मेदवारको चर्चा सुरु भइसकेको छ ।


काठमाडौं महानगरपालिकाको उम्मेदवारमा धेरैको चासो छ । गठबन्धन हुने भएपछि काठमाडौंमा नेपाली कांग्रेसले मेयरको टिकट पाउने सम्भावना छ । बिद्यासुन्दर शाक्यले एमालेले बदनाम गराएको र काठमाडौंमा कांग्रेसको प्रभाव भएकाले पनि कांग्रेसले चुनाव जित्ने सम्भावना समेत बलियो देखिएको छ ।
कांग्रेसबाट यसपटक काठमाडौंमा महिला उम्मेदवारको सम्भावना बलियो देखिएको छ । मेयरमा सिर्जना सिंह, हरिप्रभा खड्गीको नाम छ । त्यस्तै पूर्वमन्त्री तीर्थराम डंगोल, युवा नेताहरु प्रगतिमान रञ्जीत तथा सुशील बैद्यको समेत नाम रहेको छ ।
उपमेयरमा भने भद्रा पराजुली भण्डारीको एक्लो चर्चा छ । भण्डारी नेपाली कांग्रेस महिला संघको केन्द्रीय सदस्य, नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य, बागमती प्रदेश निर्वाचित सदस्य तथा नेपाली कांग्रेस संसदीय बोर्ड सदस्यको जिम्मेवारीमा छिन् । राजनीति, समाजसेवा र व्यवसायमा सक्रिय उनी कांग्रेसको युवामाझ लोकप्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्