Logo
Logo

युक्रेन : बुचा नरसंहारको भारतद्वारा निन्दासहित स्वतन्त्र छानबिनको माग


1.1k
Shares

एजेन्सी । रुसले युक्रेनको शहर बुचामा गरेको नरसंहारको निन्दा गर्दै भारतले स्वतन्त्र छानबिनको माग गरेको छ । रुस-युक्रेन यद्धबारे हालसम्म मौन बसेको भारतले बुचामा निःशस्त्र व्यक्तिलाई यातनासहित हत्या गरिएको घटनाप्रति खेद व्यक्त गर्दै स्वतन्त्र छानबिन गर्न माग गरेको हो ।

बीबीसीका अनुसार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा भारतीय राजदूत टीएस तिरुमूर्तिले बुचा घटनाको भत्र्सना गर्दै स्वतन्त्र अनुसन्धान गर्न माग गरेका हुन् । बुचाको एउटा चर्चबाहिर झन्डै तीन सय नागरिकको शव भेटिएको मानव अधिकार संगठनले जनाएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र भारतीय विदेश मन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको केही बेरपछि बोलेका भारतीय राजदूत तिरुमूर्तिले बुचामा निःशस्त्र मानिस मारिएका रिपोर्टहरू डरलाग्दा भएको बताएका बीबीसीमा उल्लेख छ ।

सैन्य हतियारमा रुसमाथि निर्भर भारतले रुस–युक्रेन तनावलाई वार्तामार्फत समाधान गर्नुपर्ने बताए पनि रुसको कदमको आलोचना भने गरेको थिएन । रुसले पनि कश्मीर मामिलामा समेत भारतलाई समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्