Logo
Logo

जेलेन्स्कीद्वारा सुरक्षा परिषद्मा सम्बोधन, रुस थप आक्रोशित


1.9k
Shares

एजेन्सी । रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरुलाई आग्रह गरेपछि रुस थप आक्रोशित बनेको छ । जेलेन्स्कीले मंगलवार राष्ट्रसंघीय सुरक्षा परिषद्मा सम्बोधनका क्रममा यस्तो आग्रह गरेपछि रुस थप क्रुद्ध बनेको हो ।

त्यसक्रममा उनले निहत्था नागरिकको हत्या गरेर नरसंहार मच्चाउँदै युद्ध अपराध गरिरहेको रुसमाथि कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । उक्त बैठक भएको एक दिन पनि बित्न नपाउँदै रुसले युक्रेनको राजधानी किभको उत्तरमा रहेको बुचा शहरमा आक्रमणलाई तीव्र बनाएको छ । रुसले उक्त शहरस्थित एक चर्चमा १५० देखि ३०० जनाको सामूहिक हत्या गरेको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

यसैबीच, मरिपोउल क्षेत्रमा गम्भीर मानवीय संकट सुरु भएको बेलायती जासूसी निकायले बुधवार जनाएको छ । युक्रेनी उपप्रधानमन्त्री इरेना भेरेस्चुकले त्यहाँका नागरिकहरु शहर छाडेर बाहिर जाने क्रम सुरु भएको बताएकी छन् । अधिकारीहरुले ११ वटा करिडोरबाट मानवीय उद्दार भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्