Logo
Logo

भारतमा भेटिए ओमिक्रोन एक्सई भेरियन्टको संक्रमित


2.2k
Shares

एजेन्सी । भारतको मुम्बईमा कोरोना भाइरस ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । यसअघि उक्त नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा भेटिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्न सक्ने क्षमताको रहेको छ । ओमिक्रोनको बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्न सक्ने डब्ल्यूएचओको दाबी छ । स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको छ ।

संक्रमित हुनेमा महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको स्वास्थ्य अधिकारीलाई उदृध गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्