एजेन्सी । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदबाट रुस निलम्बनमा परेको छ । बीबीसीका अनुसार रुसले युक्रेनको शहर बुचामा मानवअधिकार उल्लंघन गरेका कारण संयुक्त राष्ट्र संघले यस्तो फैसला गरेको हो ।
रुसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावबारे संयुक्त राष्ट्रसंघमा मतदान भएको थियो । त्यसक्रममा ९३ देशले समर्थन र २४ देशले विपक्षमा मतदान गरेका थिए । मतदान प्रक्रियामा नेपाल, भारतसहित ५८ देश सहभागी थिएनन् । चीनले भने प्रस्तावको विपक्षमा मतदान गरेको एजेन्सीमा उल्लेख छ ।