Logo
Logo

रत्नपार्कमा तेस्रो लिङगी मिलाइदिन भन्दै प्रहरीलाई घुस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाण्डौ, ८ असार
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने रौतहट जजुरा नगरपालिका २ का विरेन्द्र चौधरी र रुपन्देही शान्तीनगर नगरपालिका ८ का चक्रराज पाण्डेलाई पक्राउ गरेको छ ।

शनिबार राती साढे नौ बजे रत्नपार्कको विधुत प्राधिकरण अगाडी विरेन्द्र चौधरीले अनैतिक कार्यको लागी बार्गेनिङ गर्दै गरेको अबस्थामा फेलापारी कारवाही गर्न लाग्दा प्रहरीलाई नगद १ हजार दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । सोही समयमा चक्रराज पाण्डेले अनैतिक कार्य गर्न तेस्रो लिङ्गी मिलाई दिनु पर्यो भनी प्रहरीलाई नगद १ हजार दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्