Logo
Logo

जापान : रुसी कोइला आयातमा प्रतिबन्ध, निकालिए आठ जना रुसी कूटनीतिज्ञ


945
Shares

एजेन्सी । रुसबाट आयात हुँदै आएको कोइलामाथि जापानले प्रतिबन्ध लगाएको छ । रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले घोषणा गरेका हुन् । युक्रेनमा आक्रमण गरेको रुसले नागरिकको हत्या गर्ने र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाएर अन्तर्राष्ट्रिय मानवीय कानुनको धज्जी उडाएको उनको टिप्पणी छ ।

अमेरिकासहित युरोपेली देशहरूसँग समन्वय गरेर जापानले रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गरिरहेको छ । प्रधानमन्त्री किशिदाले जापान युक्रेनको साथमा रहेको बताएका छन् । भारत र चीनपछि जापान विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता मुलुक हो । जापानको कूल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो ।

यसैबीच, जापानले आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसअघि अष्ट्रियाले पनि आफ्नो देशमा रहेर कुटनीतिक मान्यता विपरीत काम गरेको भन्दै चार जना रुसी कूटनीतिज्ञलाई अप्रिल १२ भित्र देश छोड्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्