Logo
Logo

कोरोना खोपको बुस्टर डोज अभियान भारतमा आजबाट


504
Shares

एजेन्सी । कोरोनाविरुद्धको खोपको बुस्टर डोज अभियान भारतमा आजबाट सुरु हुने भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुस्टर डोज दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्षभन्दा माथिका सबै वयस्क नागरिकलाई लगाइने छ ।

मन्त्रालयले निजी खोप केन्द्रले बुस्टर डोजको मूल्य १५० रुपैयाँसम्म लिनसक्ने गरी तोकेको छ । तर, स्वास्थ्य कार्यकर्ता, फ्रन्टलाइनमा खटिएकाहरु र ६० वर्षभन्दा माथिका नागरिकले सरकारी खोप केन्द्रमा निःशुल्क बुस्टर डोज लगाउन पाउने जनाइएको छ । मन्त्रालयका अनुसार बुस्टर डोजमा यसअगाडि लगाएकै खोप लगाउनुपर्ने छ ।

राज्य र केन्द्रशासित प्रदेशमा भने १२ वर्षभन्दा माथिका बालबालिकालाई पहिलो र दोस्रो डोज खोप दिने कार्यमा तीव्रता ल्याउन मन्त्रालयले निर्देशन दिएको छ । सरकारी खोप केन्द्रमा निःशुल्क रुपमा पहिलो र दोस्रो डोज खोप लगाउने कार्य जारी रहेको एजेन्सीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्