Logo
Logo

सशस्त्र प्रहरीले भोलि नयाँ नेतृत्व पाउने


8.2k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलमा सोमबार नयाँ नेतृत्व चयन हुँदैछ । महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण अवकाश पाउँदैछन् ।


उनकै ब्याचका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक खनालको अवकाशपछि २० दिन आइजिपी हुनेछन् । दुवै जना इतिहासमा नाम लेखाउन शक्तिकेन्द्र धाइरहेका छन् । तर, सशस्त्र प्रहरीमा हालसम्म सधैं सिनियर एआइजी मात्र आइजिपी हुँदै आएकाले सरकारले जुनियरलाई बनाएर विवादास्पद निर्णय नगर्ने गृह मन्त्रालय स्रोत बताउँछ । यद्यपी केही कांग्रेस नेताहरु नै पौडेललाई बनाउन लबिइङमा लागेका छन् ।
१८ बैशाखपछि भने हाल डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्ये एक आइजिपी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्