काठमाडौं । नेपाली सेनाले आफ्ना पुराना हतियार सशस्त्र प्रहरीलाई दिन थालेको छ । सैनिक मुख्यालयमा आइतबार आयोजित एक कार्यक्रममा केही हतियार हस्तान्तरण गरिएको छ ।
पाँच सय थान इन्सास र ९० थान लाइट सर्पाेट वेपन प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् ।
रक्षासचिव किरण शर्मा तथा गृहसचिव टेकनारायण पाण्डेको उपस्थितीमा हतियार हस्तान्तरण भएको हो । सेनाले नयाँ हतियार किनेर पुराना हतियार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइरहेको छ ।