Logo
Logo

चिनियाँ राष्ट्रपति सी र साउदी राजकुमारबीच फोनवार्ता


567
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबीच फोनवार्ता भएको छ ।

शुक्रबार भएको वार्तामा उनीहरुबीच ऊर्जा क्षेत्रमा उच्च स्तरीय सहकार्य बढाउने सहमति भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार युक्रेनमा रुसले आक्रमण गरेसँगै विश्व बजारमा बढेको इन्धनको मूल्यको विषयमा पनि उनीहरुको बीचमा कुराकानी भएको थियो ।

वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले पछिल्लो समय साउदी अरेबियासँग विकास हुँदै गएको सम्बन्धलाई आफूले प्राथमिकता दिएको बताएका थिए । उनीहरु दुवैले युक्रेनको विषयमा पनि आ–आफ्नो धारणा राखेका थिए ।

यस्तै उनीहरुको बीचमा ऊर्जा, व्यापार, उच्च प्रविधि, यातायात र पूर्वाधारलगायतका सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो । साउदी अरेबिया चीनको लागि तेल आयातको प्रमुख स्रोत हो ।

चीनको समग्र कच्चा तेल आयातमध्ये साउदी अरेबियाले १७ प्रतिशतको हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको रुसले १५।५ प्रतिशतको हिस्सा ओगटेको छ ।

रुसमाथि पश्चिमा मुलुकले तेल आयातमा प्रतिबन्ध लगाएसँगै चीनले रुससँगको तेल आयात बढाउन सक्ने आशंका बढेको छ । यस्तो अवस्थामा साउदीका राजकुमारसँग चिनियाँ राष्ट्रपतिको वार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्