काठमाडौं । नेपाल प्रहरीका डिआइजी राजेशलाल कर्णले अवकाश पाएका छन् । उमेरहदका कारण उनले शुक्रबारदेखि अवकाश पाएका हुन् ।
उनको पद रिक्त नहुँदै गृह मन्त्रालयले पदपुर्ती प्रक्रिया अघि बढाइसकेको थियो । डिआइजीका चार पदमा यसअघि नै बढुवा प्रक्रिया अघि बढाइसकिएको छ । डिआइजीका चार पद पहिलेदेखि नै रिक्त रहेकोमा कर्णको पद समेत जोडेर चार जनाको बढुवा सिफारिस भएको हो ।
नलप्रसाद उपाध्याय, मोहन आचार्य, मसाउँद आलम खाँ र राजेन्द्र चौधरीको बढुवा सिफारिस भइसकेको छ । उनीहरुमध्ये चौधरी बढुवा भएको दुई सातामै अवकाशमा जाने भएका छन् ।