एजेन्सी । दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु भएको छ भने दशौं हजार घरबारविहीन बनेका छन् ।
ठूलो वर्षापछि आएको बाढी र पहिरोबाट देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् भने सडक भत्किएका छन् । बाढीका कारण अस्पतालमा क्षति पुगेको छ भने घरहरू बगेका छन् ।
दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको एजेन्सीले जनाएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र बनाइएको खबरमा उल्लेख छ ।