मस्को । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ ।
प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंगमा बताएका छन् । उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन् ।
आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस–युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ ।
यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ ।