काठमाडौं । सशस्त्र प्रहरीमा अन्ततः आइजिपीको दौड क्लियर भएको छ । डिआइजी राजु अर्याललाई एआइजीमा बढुवा सिफारिस भएसँगै १९ बैशाखपछि उनी आइजिपी हुने पक्का भएको छ ।
आइतबार बसेको गृहसचिव अध्यक्षताको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआइजीमा बढुवा गरेको हो । अब १९ बैशाखमा आइजिपीका लागि उनी एक्ला दाबेदार हुनेछन् । त्यसपछि चार वर्ष उनले सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन् । सशस्त्रमा उनलाई धेरै कर्मचारीले संगठनमा सुधारको आशाका केन्द्रका रुपमा हेरेका छन् ।