एजेन्सी । युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण भएको छ ।
आक्रमणमा परी ६ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ।
ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन ।
घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ ।
रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ शहरमा आएका थिए । खार्किभ, कीभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए ।
मार्च १३ मा पश्चिमी युक्रेनी शहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस शहरमा एक्कासि आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो ।
गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।
उक्त आक्रमण पछि रुसले अहिले अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ ।