एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षले देशमा उत्पन्न आर्थिक संकटको सामना गर्न १७ जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।
समाचार संस्था एएनआईका अनुसार मन्त्रिपरिषद् विस्तार भएसँगै उत्पन्न राजनीतिक संकट र आन्दोलनलाई व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । अब प्रशासनिक तथा सार्वजनिक कामहरू पनि तीव्र रूपमा अघि बढ्ने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा उनले गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई हिजो सोमवार नै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरूमध्ये आठ जना पुराना मन्त्री नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषदका सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए ।